इनरुवा: प्रदेश नम्बर–३ लाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बुधबार सम्पन्न सेमीफाइनलमा आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर ३ ले ३८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा प्रदेश–३ को लागि सोनु तामांगले सर्वा्धिक ७४ रन बनाए जुन क्रममा ७५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे। इशान पाण्डेले १७ तथा सुबास खकुरेलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Shahab-Alam

प्रदेश ३ को बलिंगमा देब्रे हाते स्पिनर सुशन भारिले सर्वा्धिक ३ विकेट लिए । भारिले ८।१ ओभरमा ३ मेडन ओभर गर्दै २३ रन खर्चिए। अर्का देब्रे हाते स्पिनर शाहब आलमले २ विकेट तथा बिक्रम सोब, हरि बहादुर चौहान , हरि कृष्ण झा र कुशल मल्लले समान १ विकेट लिए । यस अघि टस जितेर ब्याटिंग रोजेको आर्मीले निर्धा्रित ४७ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। ढिला सुरु भएका कारण खेल ४७ ओभरमा झारिएको थियो ।

आर्मीको लागि ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले सर्वा्धिक ४३ रन बनाए जुन क्रममा ७३ बलमा ३ चौका प्रहार गरे। यस्तै कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्का मदतले ३७ रन बनाए । रोहित पौडेलले २९, बिक्रम सोबले २४, राजेश पुलामीले १७ तथा भिम शार्कीले १५ रन बनाए । आर्मीको बलिंगमा तिब्र गति बलर गौतम केसीले ४ विकेट लिए जुन क्रममा ७।३ ओभर बलिंग गदै २२ रन खर्चिए। तिलक राज भण्डारी, नन्दन यादब र इशान पाण्डेले समान २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच कुशल मल्ल चुनिए। प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेलमा बिहिबार नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल शनिवार हुनेछ ।

MOM-Kushal-Malla-with-Troph