इटहरी : “भ्रमण बर्षको सफलता, सुचना प्रबिधिको उपयोगीता” भन्ने नाराका साथ क्यान इन्फोटेक मेला सुरु भएकोछ । भ्रमण बर्षमा सुचना प्रविधिका विषयमा जानकारी गराउन भन्दै सुनसरीको इटहरीमा पाँच दिने क्यान इनफोटेक मेला बुधबार सुरु भएको हो ।

कम्प्युटर एसोसियसन नेपाल महासंघ सुनसरीको आयोजना तथा क्यान प्रदेश नम्बर १ को संयोजनमा आयोजित मेला ५ दिन सम्म चल्ने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले उद्घाटन गरेको मेलामा ७० बढी स्टल रखिएको छ । सुचना र प्रविधिको क्षेत्रमा भईरहेको विकासलाई समेट्ने गरी आयोजना गरिएको मेलाले नेपाली युवा प्राबिधिकलाई प्रोत्साहन गर्ने मन्त्री कार्कीले बताए । कार्यक्रममा सम्बोधन गर्दै उनले प्रदेश १ मा सुचना प्रविधिका विषय विद्यालय तहमा मात्र नभएर बाहिर पनि उच्च प्रविधि पुर्याउने योजना सुनाए।Can-infotceh-3

सुचना प्रविधिका क्षेत्रमा उच्च प्रविधिका लागि प्रदेश सरकारले नितिगत तथा कानुनी व्यवस्था मिलाएर आर्थिक लगानी गर्दै जाने उनले बताए । प्रदेश १ कै विकसीत सहरका रुपमा उदाउदो इटहरीमा सुचना प्रविधि सम्वन्धी ठुलो प्रर्दशनी कक्ष बनाउन समेत प्रदेश सरकार तयार रहेको मन्त्री कार्कीको भनाइ छ ।

मेलामा आईटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिंग, रकेट प्रर्दशनी रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायतको बिभिन्न उच्च प्रविधिका सामग्रीहरुका स्टल रहेका छन । त्यसै गरी मेलामा कम्प्युटर एक्सेसरिज, एन्टि भाइरस सफ्टवेयर बैंकिंग सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शन गरिएको छ ।Can-infotceh-2