सोलुखुम्बु : सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ८ केरुङ बस्ने मानकाजि थापा मगरको घरमा आगलागी हुदा ६५ लाख बराबरको क्षती भएको छ ।

बुधबार हिजो राती साढे ११ बजेको समयमा दुधकुण्ड नगरपालिका ८ केरुङ बस्ने मानकाजि थापा मगरको ढुङ्गा माटो र ढुङ्गाकै छानो भएको २ तले घर र सो घर भित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरु जलेर पुर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षती भएको छ ।

घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी केरुङबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा उक्त आगो आज बिहानको राती साढे ३ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।