इनरुवाः नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज बिहिबार सम्पन्न सेमीफाइनलमा सुदुरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । फाइनलमा पुलिसको भेट अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग हुनेछ । आर्मीले पहिलो सेमीफाइनलमा हिजो बुधबार प्रदेश नम्बर ३ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । उपाधिको लागि शनिवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुनेछ ।

इनरुवा रंगशालामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै नेपाल पुलिस क्लबले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा सुदुर पश्चिमले ३३.४ ओभरमा १ सय ३० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । सुदुरपश्चिमको किरन ठगुन्नाले सर्वाधिक ३९ रन बनाए। आकाश चन्दले अविजित २३ , गजेन्द्र बोहराले १२ तथा खडक बोहराले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान सन्तोष भट्टले १, अरुन ऐरीले ६, लोकेश बमले ८ रन बनाए भने शेर मल्ल र दिपक बोहराले खाता खोल्न सकेनन्।

IMG_3082

सुदुरपश्चिमलाई सानो योगफलमा समेट्न पुलिसका देब्रे हाते स्पिनर सागर ढकालले ५ विकेट लिए। ६.४ ओभर बलिंग गर्दै ढकालले १ मेडन ओभर सहित ९ रन मात्र खर्चिए। यस्तै अर्का देब्रे हाते स्पिनर ललित राजबंशीले ३ विकेट लिए भने ललित भण्डारी र योगेन्द्र सिंह कार्कीले १र१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो। पुलिसको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ललित सिंह भण्डारीले ४० रन बनाए जुन क्रममा ४ छक्का र २ चौका प्रहार गरे। अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदुरपश्चिमको बलिंगमा शेर मल्ल, बिनोद लामा र आकाश चन्दले समान ३ विकेट लिए। सन्तोष भट्टले १ विकेट लिए। खेलको प्लेयर अफ नेपाल पुलिसका द म्याच सागर ढकाल चुनिए।

Player-of-the-match-Sagar-D