काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रवार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तारूढ दलकै कारणले सभामुख चयनको विषयमा विवाद भई संसद बन्धक भएको भन्दै छलफल गर्न बैठक आह्वान गरेको सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । ‘सत्तारूढ दलले नै संसदलाई बन्धक बनाएको छ,’ खाँडले भने, ‘हाम्रो बैठकको उद्देश्य जतिसक्दो बैठक सञ्चालन गर्न र सभामुख चयनको प्रक्रिया अघि बढाउन दबाब दिनु नै हुनेछ । हामी बैठकमा अब संसदमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने बारे पनि छलफल गर्नेछौँ ।’