पथरी: मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पताललाई हेल्पिङ हेण्ड नामक संस्थाले १५ लाख बढीको अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ ।

वर्क फर नेपालको समन्वयमा हेल्पिङ हेण्ड झापामार्फत १५ लाख ४३ हजार रुपैयाँ बराबरका सर्जिकल तथा बेड लगायतका सामग्री प्रदान गरेको हो । एक कार्यक्रमबीच हेल्पिङ हेण्डका नेपाल निर्देशक खालिङ मोसिन र वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले नगर प्रमुख दिलीपकुमार राई, अस्पतालका अध्यक्ष यामप्रसाद गुरागाईंसहितलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

दुई दिन अघि यूएनएचसीआरले ३ लाख बढीको सामग्री हस्तान्तरण गरेको थियो । भर्खरै सुरु भएको नगर अस्पतालका लागि स्थानीयले १२ कठ्ठा बढी जग्गा दान गरिसकेको छन् ।