झापा: झापाको कन्काई नगरपालिका ३ सुरुङगाबाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको टोलीले सुरुङगाकै एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको उर्लावारी नगरपालिका १ का २५ बर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका ३ का ३९ बर्षीय राजन प्रसाद उप्रेती रहेका छन् । उनीहरुको साथबाट ३५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।