धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरणको लामो समयपछि सुनसरी जिल्ला कमिटिको दोस्रो पुर्ण बैठकले कार्यविभाजन गरेको छ ।

हिजो शुक्रबार राती अबेरसम्म बसेको बैठकले ४५ सदस्यीय सचिवालय गठन गरेको छ भने जिल्लाको १२ वटै स्थानीयतहको इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ । साथै, विभिन्न २९ वटा विभागको जिम्मेवारी पनि तोकिएको नेकपा जिल्ला सचिव रमेशकुमार बस्नेतले जानकारी दिए । सचिव बस्नेतका अनुसार कुल सचिवालय ५६ सदस्यीय रहनेछ । त्यसमध्ये हिजोको बैठकले ४५ सदस्यीय सचिवालय छनौट गरेको छ भने ११ सदस्य पछि थप गरिनेछ ।

यस्तै, बैठकले २ उपमहानगरसहित ६ वटा नगर र ६ गाउँपालिकासहित कुल १२ स्थानीयतहको इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ । नेकपाका अनुसार बैठकलले धरान उपमहानगरको इञ्चार्जमा फोक्वाहाङ सुब्बा(चोत्लुङ) र सहइञ्चार्जमा पदम इस्पो तोकेको छ भने इटहरी उपमहानगरको इञ्चार्जमा राजकुमार गिरी र सहइञ्चार्जमा भिम सुवेदी तोकिएको छ ।

यस्तै, इनरुवा नगरपालिकाको इञ्चार्जमा गोपी ढकाल र सहइञ्चार्जमा ओमकार दाहाल तोकिएको छ भने रामधुनी नगरपालिकाको इञ्चार्जमा श्यामनारायण राजधामी र सहइञ्चार्जमा दिनेश चौधरी तोकिएको छ । दुहबी नगरपालिकाको इञ्चार्जमा राजेन्द्र चौधरी र सहइञ्चार्जमा रोशन शर्मा तोकिएको छ भने बराहक्षेत्र नगरपालिकाको इञ्चार्जमा केशव तिम्सिना र सहइञ्चार्जमा पुष्प ढुंगाना तोकिएको छ ।

nekapa1

यसैगरि, कोशी गाउँपालिका इञ्चार्जमा मञ्टु यादव र सहइञ्चार्जमा रामचन्द्र मटियत, हरिनगर गाउँपालिकाको इञ्चार्जमा दिलु मियाँ, देवानगञ्ज गाउँपालिकाको इञ्चार्जमा जमुना मेहता र सहइञ्चार्जमा श्यामदेव साह, गढी गाउँपालिकाको इञ्चार्जमा आशनारायण चौधरी र सहइञ्चार्जमा अनुष्ठ दाहाल, बर्जु गाउँपालिकाको इञ्चार्ज देवी रिजाल र सहइञ्चार्जमा जगत भटराई तोकिएको छ ।

यस्तै, बैठकले विभिन्न २९ वटा विभागको जिम्मेवारी पनि तोकिएको सचिव बस्नेतले जानकारी दिए । उनका अनुसार अर्थ योजना विभाग प्रमुखमा जयकुमार राई, संगठन विभाग प्रमुखमा नन्द बस्नेत, स्कुल विभाग प्रमुखमा चोत्लुङ, प्रचार विभाग प्रमुखमा राजन केडी, पर्यटन विभाग प्रमुखमा मुरारी सुवेदी तोकिएका छन् । ‘पार्टी एकता भएपनि कार्यविभाज र जिम्मेवारी बाँडफाड नहुदा एकता प्रक्रिया व्यवस्थित हुन सकेको थिएन । दोस्रो पुर्णवैठकले कार्यविभाजन भयो, यसले एकता प्रक्रियालाई पुर्णता दिएको छ,’सचिव बस्नेतले भने,‘सचिवालय र इञ्चार्ज, सहइञ्चार्ज तोकियो, अब पार्टी चुस्तदुरुस्त हुनेछ ।’

बैठकमा नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्ज भिम आचार्य, प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सुरेशकुमार राई, जिल्ला इञ्चार्ज, सहइञ्चार्जहरु, जिल्लामा रहेका केन्द्रीय सदस्य, जिल्लाका प्रदेश कमिटि सदस्यहरुको उपस्थिति रहेको थियो ।