धरान: गएको स्थानीय तह उपनिर्वाचनको बेला नेपाली कांग्रेसमा प्रवेश गरेका युवा नेता राजेन्द्र राई कांग्रेसको धरान उपमहागनर समिटिको उपसभापति मनोनित भएका छन् ।

नेपाली कांग्रेस धरान नगर समितिको आज बसेको बैठकले राईलाई उपसभापतिमा मनोनित गरेको हो । बैठकले राईलाई उपसभापतिसहित ६ जनालाई नगर समितिको सदस्यमा मनोनित गरिएको पार्टीका नगर सचिब युवराज शंकरले जानकारी दिए । ‘आज बसेको नगर समितिको बैठगले राजेन्द्र राईलाई उपसभातिमा मनोनित गरिएको छ’ उनले भने, ‘अन्य ६ जनालाई पनि पार्टीको नगर सदस्यमा आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।’

सचिव शंकरका अनुसार सदस्यहरुमा धरान–१६ का अमित लिम्बु, धरान ८ का प्रदिप गहतराज, राजु रोक्का, धरान ३ की दुर्गा बराइली, धरान १५ का मनकुमार विक र धरान १७ का राजेशमान घिसिङ रहेका छन् । उपनिर्वाचनको बेला पार्टीलाई जिताउने अभियान अन्तर्गत पार्टीको विभिन्न तहमा रहेका पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका उनीहरुसँग गरिएको सहमति कार्यान्वयन गरिएको सचिब संकरले बताए । ‘उपनिर्वाचनमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसलाई जिताउन पार्टी प्रबेश गर्नुभएको थियो’ उनले भने,‘त्यसबेलाको सहमतिलाई अहिले पालना गरिएको हो ।’

उपसभापति राईले पार्टीसंग भएको सहमति अनुसार आफुुलाई उपसभापतीमा बनाएको बताए । ‘पार्टीको आजको नगर समितिको बैठकले मलाई उपसभापति बनाइएको छ’ उनले भने । राई राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन राष्ट्रिय युवा मोर्चाको निवर्तमान केन्द्रीय अध्यक्ष समेत हुन् । उनी गत मंसिर १४ को उपनिर्वाचनमा राष्ट्रिय जनमुक्ती पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । उनी किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीका सचिव समेत हुन् ।