धरान: हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ एम्स एकेडेमी र महिलातर्फ डिपो माविले जितेको छ ।

डिपो स्कुलको बास्केटवल कोर्टमा आज बिहिबार सम्पन्न फाइनल खेलमा महिलातर्फ डिपो स्कुलले धरान उच्च माविलाई २६–१० अंककोे अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उनीहरुले प्रत्येक क्वाटरमा ८–२, ४–१, १०–० र ४–७ अंक जोडेका थिए । यसैगरि पुरुष तर्फको खेलमा एम्स एकेडेमिले डिपो स्कुललाई ३५–३४ को झिनो अंकले पराजित गर्दै उपाधि हात पार्यो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा एम्स र डिपोले प्रत्येक क्वाटरमा ७–७, ९–१४, ८–७ र ११–६ अंक जोडेको थियो ।

hisan2

उपाधि विजेता तथा उपविजेता खेलाडिहरुले ट्रफि र मेडल प्राप्त गरेका छन । प्रमाण पत्र हिसान स्पोर्टस् मिटको समापन कार्यक्रममा प्रदान गरिने हिसान बास्केटवल च्याम्पियनसिपका संयाजक हेमन्त भण्डारीले जनाए । फाइनल खेलको महिला तर्फको म्यान अफ द म्याच उपाधि डिपो स्कुलकी लियालिसा श्रेष्ठ घोषित भइन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाइस्कोररको पुरस्कार डिपो स्कुलकी तनु राईले हात पारिन् ।

यस्ते, उदयीमान खेलाडी धरान उच्चकी शकुन्तला राइ घोषित भइन् भने पुरुष तर्फ फाइनल खेलको म्यान अफ द म्याच डिपो स्कुलका वैइभव योगी, उदयीमान खेलाडी डिपो स्कुलका लुप राई, हाइ स्कोरर एम्स एकेडेमिका सविन राई र उत्कृष्ट खेलाडि एम्स एकेडेमिका अभिमान राई घोषित भए ।

hisan1 1

विजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्दिय उपाध्यक्ष सुरजकुमार लामा, एन्फा प्रदेश १ कमिटि सचिव नविन राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, हिसान स्पोर्टस मिट संयोजक सागर भट्टराइ, हिसान सुनसरी कोषाध्यक्ष नेत्रप्रसाद सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोग रहेको थियो ।

hisan3 hisan4 hisan5