धरान: सुर्य नेपाल गल्फ टुरअन्र्तगत इष्टर्न ओपनमा धरानका प्रोफेस्नल गल्फर बलभद्र राई(मणी) च्याम्पियन भएका छ्न ।

पार ७० को निर्वाणा गल्फ कोर्षमा कुल ९ अण्डर २०१ स्कोर गर्दै उनी च्याम्पियन भएका हुन् । उनले निर्वाणा गल्फ कोर्षमा अण्डर ९ खेलेर उपाधि जित्ने खेलाडीको रेडर्क पनि बनाए । धरानमा उनी मणी राई भनेर परिचित छन् । अन्तिम दिन बिहिबार उनले ३ अण्डर ६७ स्कोर खेले । पहिलो दिन १ अण्डर ६९ र दोस्रो दिन ५ अण्डर ६५ स्कोर खेलेका थिए ।

उनको यो दोस्रो उपाधि हो । यसअघि उनले पोखरामा सम्पन्न वेष्टर्न ओपनमा पनि उनी विजेता भएका थिए । उनले उपाधि ट्रफीसँगै नगद १ लाख २५ हजार पाए । पनि हात पारे । ‘उपाधि जितेको छु, धेरै खुशी छु । ९ अण्डर खेले, यो ठुलो उपलब्धी हो,’उनले भने । प्रतियोगितामा कुल ५ अण्डर २०५ स्कोर गर्दै शिवराम श्रेष्ठ दोस्रो भए । अन्तिम दिन ६ अण्डर ६४ खेलेका उनले पहिलो दिन १ ओभर ७१ र दोस्रो दिन लेभल पार ७० खेलेका थिए । उनले दोस्रो पुरस्कार नगद ७५ हजार हात पारे ।

eastern-open-kapu

धरानका शुक्रबहादुर राई कुल १ ओभर २११ स्कोर गर्दै तेस्रो भए । उनले नगद ५५ हजार पाए । कुल ४ ओभर १४ स्कोरका साथ धनबहादुर थापा चौथो हुदै ४५ हजार जिते । समान कुल ६ ओभर २१६ स्कोर गरेका शिवकुमार माझी र सुर्यप्रसाद शर्मा संयुक्तरुपमा पाँचौ स्थानमा रहे । दुवैले जनही ३५ हजार ५ सय बाँडे । कुल ७ ओभर २१७ स्कोर गरेका दिनेश प्रजापतिले नगद ३१ हजार पाए भने समान ८ ओभर २१८ स्कोर गर्दै संयुक्त ८ औं स्थानमा रहेका जयराम श्रेष्ठ र रवि खड्काले जनही २८ हजार थापे ।

यसैगरि, समान १० ओभर २१० स्कोर गरेर संयुक्त १० औं स्थानमा रहेका सञ्जय लामा र दिपक मगरले जनही २४ हजार २ सय ५० रुपैया पाए । प्रतियोगितामा एमेच्योरतर्फ कुल ४ अण्डर २०६ स्कोर गरेका निरज तामाङ विजेता बने । यस्तै, एमेच्योरतर्फ कुल १३ ओभर २२३ स्कोरका साथ शुक्रराज राई दोस्रो भए ।

eastern-open-kap

कुल ५० जना सहभागी प्रतियोगितामा दोस्रो दिनको खेल समाप्ती पछि २४ औं स्थानसम्म रहन सफल २५ प्रोफेस्नल र ६ एमेच्योर खेलाडी गरी ३१ जना मात्र तेस्रो दिनलाई छनौट भएका थिए । अन्तिम दिन खेल सकिदा २४ औं स्थानसम्म रहेका प्रोफेस्नल खेलाडीहरुले कम्तीमा १० हजार नगद पुरस्कार पाए । विजेता खेलाडीहरुलाई सुर्य नेपालका मार्केटिङ मेनेजर बालकिसन गुरुङ, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका धरानका मेयर तिलक राई, संघीय सांसद मिना सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।