इटहरी : सुरक्षित सफाचट्ट मैदानमा फुटबल प्रतियोगिता हुने गर्छ । लड्दा खेलाडी घाइते हुने हुदा खेलमैदानमा दुबो उमारिएको हुन्छ । तर, इटहरी उपमहानगरपालिकाले आयोजना गरेको नगर विद्यालय स्तरिय छात्रा फुटबल प्रतियोगितामा संचालन भएको फुटबल चौरीमा भने गिट्टी थुप्रिएको छ ।

सामान्य भन्दा सामान्य व्यवस्थापन समेत गर्न नसकेको प्रतियोगिता खेलाडीको लागि सुरक्षामा भने चरम लापर्वाहीमा खेलाइएको पाइएको छ । बिहिबार सुरु भएको खेल आइतबार सम्म चल्ने खेलकुद मौदानमा ढुङ्गै ढुंगा छ ।
प्रतियोगिता आयोजना गर्दा उपमहानगरपालिकाले खेलाडीहरुका लागि अपनाउनु पर्ने सामान्य सुरक्षा समेत छैन । इटहरी ९ मा फुटबल खेलाउने सुबिधा सम्पन्न रंगशाला हुदाहुदै अस्तब्यस्त जनता स्कूलको मैदानमा प्रतियोगिता आयोजना गरिएको छ ।
रंगशालामा सुविधा सम्पन्न प्याराफिट सहितको खेलमैदान हुदाहुदै आयोजक उपमहानगरले भने गिट्टीनै गिट्टी भएको जनता माविको खेलमैदानमा फुटबल खेलाउँदै छ । सामान्य समन्वय गरेको भए हामि निशुल्क रुपमा गरिदिने थियौ’ जिल्ला खेलकुद विकास समिति सुनसरीको अध्यक्ष अनुरोध थापाले भने ’खेलाडीको सुरक्षामा कुनै ध्यान छैन, रेफ्रीहरुपनि आधिकारिक छैनन् हामीलाई समवय गरेको भए सबै गरिदिन्थ्यौ ।’

2 2

फूटबल खेल्न मैदानको सामान्य मर्मत नै नगरी अस्तब्यस्त चौरीमा प्रतियोगिता खेलाएर विद्यालयका साना बिद्यार्थीहरु जोखिममा छन् । रेफ्री र लाइन्सम्यान रेफ्रीहरु पनि एन्फामा आबद्ध नभएको आयोजक स्रोत बताउँछ ।
प्राविधिक रुपमा प्रमाणित नभएका ड्रेस बिना नै टाउजरमै प्रतियोगिता खेलाईरहेका थिए । उपमहानगरले पालिक स्तरिय प्रतियोगिता गराएपनि खेलको गुणस्तरमै प्रश्न उठेको छ । यता इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत कुसुम मगरले प्रतियोगिता आयोजना गर्दा व्यवस्थापनमा समस्या भएको स्विकार गर्छन् ।
बिहानै मैदानमा आएर सरसफाइ गरियो तर पर्याप्त हुन पाएन भोली मेन्टेन गर्ने छौं । केही जनशक्ति कम भएकाले केही समस्या आएको बताउँदै आगामी दिनमा गल्ती सच्याउने बताए । इटहरी नगरक्षेत्रका ढेड दर्जन नीजि तथा सामुदायिक विद्यालयहरु सहभागी प्रतियोगिताको उपाधी विजेताले नगद ४६ हजार पाउँदा द्धितिय हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

गत बर्ष विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार पुरस्कार पाएका थिए । चार दिनसम्म चल्ने प्रतियोगिताको लागि इटहरी उपमहानगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको इटहरी उपमहानगरपालिका शिक्षा युवा खेलकुद महाशाखाका अधिकृत मगरले जानकारी दिए ।