काठमाण्डौं : चिनियाँ नागरिकहरु चिनियाँ चन्द्र वर्ष मनाउने तयारी गरिरहँदा सरकार हुबेई प्रान्तमा घातक कोरोना भाइरससँग लड्ने तयारीमा छ ।

कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङले केही ठूला चाडपर्वहरुको आयोजना रद्द गरेका छन् । चिकित्सकहरुले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताएपछि मानिसको ठूलो भिड एकसाथ भेला हुन रोक लगाइएको हो । वुहान र हुबेईका अन्य शहरमा सार्वजनिक यात्रामा रोक लगाइएको छ । सार्वजनिक बस, विमानस्थल र ट्रेन लगायतमा प्रतिबन्ध गरिएको छ । भाइरस फैलनबाट रोक्न १ करोड १० लाख जनसङ्ख्या भएको वुहान शहरका साथै भएको ह्वाङ्ग गाङ्ग तथा इजौ शहरमा पनि यातायातमा प्रतिबन्ध लगाइएको हो । शुक्रबार चिनियाँ अधिकारीहरुले कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको बताएका छन् । साथै आठ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् । बिहीबार अमेरिकाले कोरोना भाइरसको दोस्रो संदिग्ध घटनामा अनुसन्धान भइरहेको बताएको छ । यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका, जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि देखिइसकेको छ ।

‘आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन’

ज्यान गुमाउनेमध्ये धेरै हुवेईका छन् । जसमा १३ जनाले ज्यान गुमाएका छन्, या सङ्ख्या विदेशमा पुष्टि गरिएको भन्दा कम हो । यही कारण विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिहीबार भाइरसलाई ‘अन्तर्रा्ष्ट्रिय आपतकाल’ भनेर घोषणा गर्नबाट अस्वीकार गरेको थियो ।

‘यो अझै पनि एक बन्न सक्छ’, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदहानोम घेब्रिएसुसले भने । विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन समितिले भनेको छ, ‘अहिले आपतकाल घोषणा गर्ने समय भइसकेको छैन । यो समितिले दुई वटा कारण अघि सारेको छ- ‘विदेशमा सीमित सङ्ख्या र चीनले गरिरहेको प्रयास ।’