इटहरी: हिसान सुनसरीको स्पोर्टस मिटमा अन्तर्गत क्रिकेटको उपाधी कस्तुरी कलेजले जितेको छ ।

आज शुक्रबार सम्पन्न फाइनल खेलमा इटहरीकै बिश्वआदर्श कलेजलाई ९ रनले पराजित गर्दै कस्तुरी कलेजले उपाधी जितेको हो । इटहरी ९ स्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिड गरेको कस्तुरी कलेजले निर्धारित २० ओभरको खेलमा १८.३ ओभरमा अलआउट हुदै १ सय ३५ रनको योगफल खडा गरेको थियो । कस्तुरी कलेजका लागि म्यानअफ द फाइनल रोशन चौधरीले ७० रनको योगदान गरे । बलिड तर्फ बिश्वआदर्शका श्रेयन बास्तोलाले ६ विकेट लिए ।

जवाफमा १ सय ३६ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको बिश्वआदर्श कलेज १८.३ ओभरमा १ सय २५ रनमा अलआउट भएपछि कस्तुरी कलेज बिजयी भएको हो । बिश्वआदर्श कलेजका लागि सबिन दाहालले ४२ रन जोडे । बलिडतर्फ कस्तुरी कलेजका परिवर्तन केसीले ४ विकेट लिए ।

IMG_7876

प्रतियोगिताको उत्कृष्ट खेलाडी कस्तुरी कलेजका परिवर्तन केसी, बेष्ट बलर मौषम बस्नेत र बेष्ट ब्यास्टमेन कस्तुरीकै रोशन चौधरी घोषित भए । शुक्रबार क्रिकेटको फाइनल सम्पन्न भएसंगै स्पोर्ट मिटमा भलिबल(छात्र/छात्रा), बास्केटबल (छात्र/छात्रा), टेबल टेनिस (छात्र/छात्रा), ब्याडमिन्टन (छात्र÷छात्रा), हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भैसकेका छन ।

शनिबार फूटबलको फाइनल खेल र नृत्य प्रतियोगिता सम्पन्न हुने बताइएको छ । सबै इभेन्टमा प्रत्यक्ष रुपमा १२ सय ५० भन्दा बढी र अप्रत्यक्ष रुपमा ८ हजार बढी विद्यार्थीहरुको सहभागिता रहने दाबी गरिएको छ । शनिबार विश्व आदर्श स्कुलमा आयोजना हुने समापन कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता हुने तथा सप्ताह भरीका विजयी विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र साथै विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । समापन समारोहका प्रमुख अतिथिका रुपमा हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल रहने कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिए ।