धरान : राष्ट्रिय बाणिज्य बैंकको ५५ औं बार्षिकोत्सव धरानमा पनि मनाएको छ । बैंकको धरान शाखाले आफ्नै कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो ।

केक काटेर खुशियाली साट्दै बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बैंकको धरान शाखा ‘स्मार्ट शाखा’ घोषित भएकोमा खुशियाली मनाइएको छ । देशभर बैंकको २ सय ३८ वटा शाखाहरु मध्ये पूर्वाञ्चलबाट धरान र विराटनगर शाखा ‘स्मार्ट शाखा’ घोषित भएको हो । कार्यक्रममा बैंकले गरेको हालसम्मको प्रगती तथा ग्राहहरुलाई दिइरहेको सेवा सुविधाको बारेमा बताइएको थियो ।
धरान शाखाले ग्राहकहरुको लागि निःशुल्क फोटोकपी सेवा, टेलिफोन सेवा, खानेपानी, पत्रपत्रिका पढ्ने व्यावस्था समेत गरिएको बैंकको धरान शाखा प्रमुख हरिबाबु आचार्यले बताए । उनले बैंकले सबै ग्राहकहरुलाई समान रुपले सेवा प्रभाव गरिरहेको बताए । पेन्सन र बृद्ध भत्ता वितरण गर्ने समयमा भिड हुने गरेको उल्लेख गदै त्यसलाई कसरी व्यावस्थापन गर्ने भनेर आफुहरु गम्भिर रहेको समेत बताए ।

‘आफुहरुले सबै ग्राहकहरुलाई समान रुपले सेवा दिइरहेका छौं, असक्त र बृद्धबद्धाहरुलाई लाइनमा नराखि सेवा दिने गरेका छौं’ उनले भने ‘पेन्सन र बृद्ध भत्ता थाप्ने बेलामा अध्यधिक भिड हुने कारण सहज रुपमा सेवा दिनसकिरहेका छैन यो समस्या छ, यसलाई कसरी सहज बनाउने बारे आफुहरु गम्भिर छौं ।’ उनले यो समस्यालाई पनि चाडै सहज बनाएर ग्राहकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने जनाए । कार्यक्रममा बैंकका ऋणी, ग्राहकबर्ग, बैंकका भुतपूर्व कर्मचारीहरु, धरानका उद्योगी, व्यावसायिहरुसंग शुभकामना आदान प्रदान गरिएको थियो । बैंकले करिब एक वर्ष अघि धरानको पानवारीमा पनि शाखा विस्तार गरेर सेवा प्रदान गदै आएको छ ।