धरान : लिम्बु भाषा प्रशिक्षण केन्द्र धरानको आयोजनामा धरान-८ स्थित शहिद स्मृति माविका विद्यार्थीहरुलाई किरात सिरिजंगा लिपी लेखन सम्बन्धी प्रशिक्षण दिइएको छ ।

धरान-८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरुलाई पुष २३ गतेदेखी २९ गतेसम्म प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा विद्यालयका ४० जना सहभागी रहेको केन्द्रका अध्यक्ष स्वर्णिमहाङ फोम्बोले बताए । फोम्बोका अनुसार पशिक्षणमा विद्यालयका कक्षा २ देखी ५ सम्मका विद्यार्थीहरु सहभागी थिए । सबै जातीको विद्यार्थीहरुलाई सिरिजंगा लिपी लेखन आधारभुत ज्ञान दिइएको थियो । विद्यार्थीहरुलाई फोम्बो स्वयंमले प्रशिक्षण दिएका थिए । विद्यालयका प्रअ रामबहादुर विष्टले सबै जातजातीहरुको भाषा लिपीलाई राज्यले समान रुपमा शैक्षिक क्षेत्रमा समाबेश गर्नुपर्ने सुझाब दिए । कार्यक्रममा कियाचु सुनसरी अध्यक्ष मोहन कुमार हुक्पाचोङबाङले चुम्लुङको नीती अनुरुप नै लिम्बु भाषा लिपी प्रशिक्षण केन्द्रले कार्यक्रम गरेकोमा खुशी व्याक्त गरेका थिए ।