इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले आयोजना गरेको पाककला प्रतियोगिताको उपाधी धरान सेकेण्डरीले जितेको छ । हिसान खेलकुद सप्ताह अन्तर्गत शुक्रबार इटहरीको होटल स्कूल प्रिमियरमा सम्पन्न प्रतियोगीतामा धरान सेकेण्डरीले उपाधी जितेको हो । धरान सेकेण्डरीबाट सबिना अधिकारी, देबी कटुवाल र सौगात श्रेष्ठ सहभागी थिए ।

   प्रतियोगितामा धरानको भृकुटी स्कूलले दोसो्र स्थान हासिल गरेको छ । सो स्कूलबाट पूर्ण कार्की, सञ्जय श्रेष्ठ र सबिना राइ सहभागि थिए । त्यस्तै प्रभात स्कूल धरानले तेसा्रे स्थान हांसिल गरेको छ । सो स्कूलबाट राकेश गौतम, सन्दिप श्रेष्ठ र निकिता श्रेष्ठको जोडी सहभागी थिए ।

     हिसान सुनसरीद्धारा प्रत्येक बर्ष आयोजना हुँदै आएको हिसान स्पोर्टस् मिटको यसपालीका प्रतियोगीताहरु मध्ये पाककला प्रतियोगीता नेपालमै पहिलो पटक भएको दाबी गरिएको छ । हिसान स्पोर्टस् मिट २०७६ का संयोजक सागर भट्टराईका अनुसार कुकिङ कम्पिटिसन नेपालमै नीजि क्षेत्रबाट गरिएको पहिलो प्रतियोगीता हो । यस्तो कार्यक्रम त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालय अन्तर्गतको सिटीभीटी बाहेक अरु कसैले नगरेको हिसान सुनसरीले दाबी गरेको छ ।

      निजी शिक्षाको क्षेत्रमा पछिल्लो समय पर्यटन तथा होटल म्यानेमेन्ट विषय पढ्ने विद्यार्थीहरुको संख्या उच्च भएको अवस्थामा यस्तो प्रतियोगिताले ठुलो महत्व राखेको हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिनुभयो । पर्यटनको क्षेत्रमा नयाँ नयाँ परिकारका पाककलाले महत्वपूर्ण स्थान राख्ने भएकाले यस्ता प्रतियोगिता भैरहनुपर्ने सहभागीहरुले आवश्यकता समेत औल्याएका छन ।

     पाककला होटल म्यानेजमेन्टको पठन पाठनमा प्रयोगात्मक विषय भएपनि कलेजका विद्यार्थीले अभ्यास गरेका पाककला लाई पहिलो पटक प्रतियोगिताको रुपमा समावेश गरिएको हो । हिसान सुनसरीमा आबद्ध ६ वटा बिद्यालयको सहभागिता रहेको प्रतियोगिता आगामी बर्षमा पनि निरन्तरता दिने हिसान सुनसरी कोषध्यक्ष नेत्रप्रसाद सुबेदीले बताए । प्रतियोगिताका लागि निर्णायकको रुपमा हिसानले काठमाण्डौबाट अन्तराष्टिय क्षेत्रमा बिज्ञता हासिल गरेका सेफ एसोसियसन अफ नेपालका अध्यक्ष श्रीराम अधिकारी र कुमार चालिसेलाई झिकाएको थियो ।