धरान : सुनसरीको धरानमा पनि नेपाल तामाङ घेदुङ नगरसमितिको आयोजनामा आज (शनिबार) धुमधामका साथ नयाँ वर्ष अर्थात् सोनाम ल्होसार पर्व मनाएका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

धरान १५ श्यामचौक स्थित आजबाट १५ दिनसम्म ल्होसार महोत्सव शुभारम्भ भएको छ । सोनाम ल्होसारको समुद्घाटन धरानका मेयर तिलक राईले दिप प्रज्वलन बत्ती बालेर गरेका थिए भने कार्यक्रमको अध्यक्षता प्रेम वाइबाले गरेका थिए । साथै विभिन्न संघसंस्था तथा विशिष्ठ व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

losar

सोनाम ल्होसारको अबसरमा तामाङ समुदायले धरान नगर परिक्रमा समेत गरेका थिए । उक्त कार्यक्रममा मौलिक परिकार, सांस्कृतिक नाँच तामाङ सेलो प्रस्तुत गरेका थिए । मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ ।शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । फोटोः सनम तामाङ

losar-1

losar-8

losar-4

losar-3

losar-9

losar-2

losar-7 3

losar-6 1

losar-5