‘कोरोनाभाइरस’ नाम दिइएको रहस्यमयी रोगका कारण चीनमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । सो रोगबाट प्रभावितहरूको सङ्ख्या २९१ पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ को संक्रमण भएपछि निम्न लक्षण हुने बताएको छ ।

१, सुरूमा ज्वरो आउने तथा खोकी लाग्ने
२, सास फेर्न गाह्रो हुने
३, टाउको, जीउ दुख्ने
४, साधारण चिसो, फ्लु वा न्यूमोनिया हुनसक्ने

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पछिल्लो समय देखा परेको यो रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएकोले बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन् । र यससम्बन्धी छलफल गर्न डब्लुएचओले आज छलफल गर्दै छ । डब्लुएचओले कोरोना संक्रमण फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ ।