इटहरीः किरात राई सुम्निमा संघ इटहरी उपमहानगरले यलम्बर सम्बत ५०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम बन्दना राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा किरात प्राज्ञ शालिक सतासकले यलम्बर सम्बत्बारे आप्mनो धारणा राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका उपमहानगर सभापति हेमकर्ण पौडेलले यलम्बर सम्बत नेपाली समुदायको सम्बत् भएको बताउँदै संरक्षण गर्नुपर्ने बताए । मन्तव्यकै क्रममा सभापति पौडेलले किरात कुनै जात विशेष नभएर सभ्यता भएकोले प्रदेश १ को नाम किरात राख्न प्रदेश सरकार सहमत हुने भए आप्mनो पार्टी तयार भएको बताए ।

कार्यक्रममा समाजवादी पार्टीका इटहरी उपमहानगर अध्यक्ष डिल्ली सुब्बा, किरात राई यायोक्खा सुनसरीका अध्यक्ष बलराम राई, नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपालगायको उपस्थिति रहेको थियो । कार्यक्रममा भोजपुरको हतुवागढी–६ होम्ताङकी ११ वर्षीया बिबिना राईलाई उपचार सहयोगकोलागि १ लाख ३१ हजार ७ सय रुपैयाँ सहयोग गरिएको थियो । मुटुको रोगी राईकोलागि इन्द्रमाया आङबोहाङ लिम्बू र दिपेस राईको संयोजनमा सो रकम जम्मा गरिएको थियो । सुम्निमा संघ केन्द्रीय उपाध्यक्ष कमला राईको प्रमुख उपस्थितिमा तायारिप्चि बहुउद्देशीय भवनमा भएको सो कार्यक्रममा सिता राई, दिपेस राई, रामचन्द्र राई, चन्द्र किराती, जुनु राई लगायतको उपस्थिति रहेको थियो ।