धरान: धरान २ स्थित शिक्षा निकेतन माविको ६७ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस आज आइतबार सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदीप कुमार भण्डारी रहेका थिए भने बिशिष्ट अतिथिकोरुपमा नगर प्रमुख तिलक राई रहेका थिए । यो विद्यालय २०१० सालमा स्थापना भएको धरानकै पुरानो मध्येको एक विद्यालय हो । हाल यस विद्यालयमा कक्षा १२ सम्म १ हजार ३ सय ९८ विद्यार्थी रहेका छन् । प्रमुख अतिथि प्रदेश सभामुख भण्डारीले विद्यार्थीले पढाईसँगै अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने बताए । बिशिष्ट अतिथि धरानका मेयर तिलक राईले गुणस्तरीय शिक्षामा जोडदिनुपर्ने बताए ।

niketan1

विद्यालयले ५ बर्षभित्र खेल मैदान विस्तार गर्ने, भुकम्प प्रतिरोधक र अपांगमैत्री भवन निर्माण गर्ने, ४ कोठे भवन थप गर्ने, शौचालयको स्तरोन्नती गर्ने, विद्यार्थी ओसारपसार गर्न बसको व्यवस्था गर्नेलगायत योजनाहरु प्रअ उमेश गुँरागाईले प्रस्तुत गरेका थिए । यस्तै, शैक्षिक सुधारको लागि ५ बर्षभित्र शिक्षक, विद्यार्थी तथा कर्मचारीहरु सबैलाई आइसिटि तालिम दिलाउने, प्रत्येक शिक्षकलाई एक प्रति ल्यापटप उपलब्ध गराउने, राम्रो काम गर्ने शिक्षकहरुलाई कदर, पुरस्कार र सम्मानको व्यवसथ गर्ने, खराब गर्नेलाई जवाफदेहिता र दण्डसजायको व्यवस्था लागु गर्नेलगायत योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए । यस्तै, विभिन्न छत्रावृति, खेलकुद पुरस्कार तथा सम्म्मान प्रदान गरिएको थियो । विद्यालयका अध्यक्ष रमेश राईले अभिभावकहरुलाई जिम्मेवार बन्न र आपm्ना छोराछोरीहरुको प्रतिभालाई प्रोत्साहन गर्न अनुरोध गरेका थिए । यो विद्यालय सुनसरीको एकमात्र प्राविधिक विद्यालय हो । साथै, सिसि क्यामराको निगरानी भएको, समय समयमा विद्यार्थीहरुलाई बोल्ने क्षमताको बिकास गराउने गरेको, लागुऔषधविरुद्ध तालिम दिलाएको, अंग्रेजी भाषामा कक्षा १० सम्म अध्यापन हुने पनि कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै, २० प्रकारका छात्रावृति समेत रहेको छ ।