झापाः झापाको शिबसताशी नगर प्रमुख चन्द्रकुमार शेर्मा सवार मे १ झ १५२ गाडी आज अपरान्ह् दमक नगरपालिकामा पर्ने रतुवा खोलाको पुलमा दुर्घटना परेको छ ।

नगर प्रमुख सवार गाडीलाई अर्काेतर्फ आएको सवारीसाधनले ठक्कर दिएको छ । हाल नगर प्रमुख सकुशल रहेको दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले जानकारी दिएका छन् । नगर प्रमुखको गाडीमा भने क्षति पुगेको छ । ठक्कर दिने सवारीसाधनको खोजी भईरहेको दमक ट्राफिकले जनाएको छ ।