धरान:केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारमा आइतबार अगार आर्ट कन्टेस्ट २०२० सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन निमित्त क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बुले अगार मिडियामा स्ट्रिकिङ गरेर गरेका थिए । कन्टेस्टमा जम्मा २४ जना स्नातक तथा स्नात्तकोत्तर माइक्रोबायोलोजीका बिध्यारर्थीहरुले सहभागिता जनाएका थिए ।

“अगार आर्टमा बिभिन्न कल्चर मिडियाहरु (ब्याक्टेरियाको लागि खाना) लाई कपिको रुपमा प्रयोग गर्ने र ब्याक्टेरियालाइ रंगको रुपमा प्रयोग गर्ने गरिन्छ” उप प्राध्यापक हेमन्त खनाल बताउनु हुन्छ । अगार आर्ट कन्टेस्टका बिजेताहरुलाइ बिभागले पुरस्कृत गर्ने र क्याम्पसद्धारा आयोजना हुन गइ रहेको एक्स्पोमा समेत आर्ट प्रस्तुत गरिने कार्यक्रम संयोजक शिक्ष्ँण सहायक कामना बान्तावाले बताइन् ।

20200126_120147