धरान: धरानमा रहेको अल्फा बिटा धरान सेन्टरको आयोजनामा भइरहेको अल्फा बिटा क्वीज मेनिया २०२० को पहिलो चरणको छनौट सम्पन्न भएको छ । पहिलो चरणबाट धरानको १४ वटा कलेज सेमिफाइनलका लागि चयन भएका छन् ।

चयन हुनेहरूमा नाष्ट कलेजबाट दुर्योधन सुनुवार र श्रद्धा कार्की, विजयपुर कलेजबाट क्षितिज भगत श्रेष्ठ र सरल जोशी, डिपो कलेजबाट विशाल कटुवाल र योगेश भण्डारी, युरेकाबाट लियोन बस्नेत र सञ्जिव लिम्बु, ल्यावोरेटरीबाट प्रविण तामाङ र अमरदिप राई, पब्लिक हाइ स्कुलबाट दिपेन्द्र अधिकारी र रीजन लकान्द्रि, समिटबाट अस्मिता थापा र सुसान्त देवान, धरान आदर्शबाट शुसिल भुजेल र अनिसा राई, धरान उच्चबाट प्रतिक घिमिरे र रीजन राई, ज्ञानोदय स्कुलबाट उमेश काफ्ले र सुमिला राई, निकेतन स्कुलबाट नविन झा र पारस खतिवडा, सरस्वति माविबाट अनुसा शर्मा र अभिसेख खतिवडा, विष्णु स्कुलबाट अभिनव खतिवडा र उमङ्ग भुजेल र एम्स स्कुल रहेका छन् ।

पहिलो चरणमा एकै कलेजका विधार्थीहरु बिच भएको प्रतिष्पर्धाबाट विजयी टिमलाई मात्र सेमिफाईनलमा प्रवेश गराईएको हो । सेमिफाइनल यहि माघ १८ गते अल्फा बिटा धरान सेन्टरको शाखा रहेको साधना भवनको तेस्रो तलामा हुनेछ । सेमिफाईनलबाट ६ वटा टिम मात्र फाईनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेताले नगद १५ हजार रूपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । साथमा प्रतियोगितामा सहभागि हुनेहरूले अल्फा बिटाको सेवा निःशुल्क प्राप्त गर्नेछन् ।

IMG_2829

क्वीज प्रतियोगिता विशेष गरी विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरीएको अल्फा बिटा धरान सेन्टरका इन्चार्ज अरुन अधिकारीले बताए । विशेष गरी देशको वर्तमान आर्थिक, सामाजिक अवस्थामा र विश्वको गतिविधिसंग केन्द्रित रहेर क्वीज प्रतियोगिता गराइएको अधिकारीले जनाए ।

एल्फा बिटाले विद्यार्थीहरूको उज्वल भविष्यको लागि सहि परामर्ष र सहि विषयको चयन गर्न सहयोग गर्दै गुण्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सुरू भएको सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए । अल्फा बिटामा आयल्ट्स, पिटिइ लगायत विभिन्न विषयको ब्रिज कोर्ष सहित १८ भन्दा बढी स्थानहरूमा पढ्नका लागि पठाइने उनले जानकारी गराए ।