इटहरी: पछिल्लो समय पुर्वी नेपालमा श्रृङ्खलाबद्ध बम बिस्फोटको घटनाहरु भइरहेको छ । गत शुक्रबार मोरङको केराबारी गाउँपालिकामा कार्यालय अगाडि बम बिस्फोट भयो । बम पड्कीएको नजीकै अर्को सुतली बम फेला पर्यो ।

रातको १० बजेतिर भएको घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । त्यसअघि, यही माघ ५ गते आइतबार मात्रै मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेमा तीन स्काभेटरमा आगजनी भयो । निमार्णाधीन ‘उर्लाबारी–किशान चोक–रमिते’ सडक निर्माणका लागि राखिएका स्काभेटरमा आगजनी भएको थियो । सुरक्षा अधिकारीले स्काभेटरमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको निश्कर्ष निकाले ।

प्रदेश १ सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भइ सडक निमार्णको काम भइरहेको छ ।
सोही दिन झापाको दमक १० स्थित रतुवा खोलामा पूल निर्माणको लागी राखीएको स्काभेटरमा पनि आगजनी भएको थियो । यही माघ ३ गते धनकुटाको कृषि अनुसन्धान केन्द्रमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको थियो । धनकुटा, मोरङ, सुनसरी, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लाका सुरक्षा अधिकारी सम्मीलीत बैठकले विप्लव समूहको गतिबिधि नियन्त्रणमा आउन थालेको निश्कर्ष निकालेको थियो ।

vojpur-bisfod

बैठकले गरेको निर्णयको ५ नम्बर बुदामा विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गरिनुले यस समूहका गतिबिधि नियन्त्रणमा ‘सकरात्मक परिणाम’ देखिएको उल्लेख छ । साथै अगामी दिनहरुमा यस्ता गतिबिधि नियन्त्रणमा ल्याउन प्राप्त सूचना जिल्ला स्तरका सुरक्षा निकाय बिच आदानप्रदान गर्ने पनि निर्णयमा लेखिएको छ । बैठकमा ६ जिल्लाका प्रजिअ, जनपथ प्रहरी र शसस्त्र प्रहरीका एसपी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान बिभागका उप–अनुसन्धान निर्देशकहरु सहभागी थिए ।

पछिल्लो समय बढ्दै गएका बम बिस्पोटका घटनामा बिप्लब समुहको संलग्नता रहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका डिआईजी ठाकुर प्रसाद ज्ञवाली बताउँछन् । बिप्लबले घोषीत रुपमै चन्दा आतंक फैल्याउँदै आएको र बम बिस्पोट गराएको उनको भनाईछ । यो उनीहरुको चन्दामाग्ने रणनिती अन्तरगतनै भएको हुनसक्ने उनले बताए । यस बिचमा प्रदेश १ का ११ जिल्लाका इन्चार्ज पक्राउ परीसकेका छन् ।