धरान : धरानको सेवक अभियानले ओखलढुंगा र सोलुखुम्बुका विद्यार्थीलाई जाडोमा स्वीटर वितरण गरेको छ । सेवक अभियानले सामाजिक उत्तरदायित्व बहन गर्दै अन्य संस्थाले भन्दा भिन्न खालको कार्यक्रम गर्दै ओखलढुंगा र सोलुखुम्बुका सामुदायिक विद्यालयमा पुगेर ९ सय २६ थान स्विटर वितरण गरेको संस्थाका अध्यक्ष राजिव हलवाईले जानकारी दिए ।

वि.सं. २०७२ सालमा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व बहन गर्दै अन्य संस्थाले भन्दा भिन्न खालको कार्यक्र्रम गर्दै आएको संस्थाले यसपटक ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं २ का हिमालय मावि र रत्तमाला आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ८ सय ६४ थान स्वीटर वितरण गरेको अध्यक्ष हलवाईले बताए । साथै सोलुखुम्बुको नेचा सल्यान स्थित रहेको शहिद नरनाथ आधारभुत सामुदायिक विद्यालयका ६२ जना विद्यार्थीहरुलाई पनि जाडोमा स्वीटर वितरण गरिएको उनले बताए । सरकारी विद्यालयमा शिक्षा आर्जन गर्नका लागि जाडोयाममा जाडोका कारण विद्यालय जानबाट वञ्चित भएका विद्यार्थीलाई न्यानो बस्त्र विद्यालय पोशाक अशाय, अशक्त, गरिबलाई समेट्दै अन्य संघसंस्थालाई पनि सेवक अभियानको जस्तै प्रेरणा जागोस् भन्ने उदेश्यका साथ स्विटर वितरण गरिएको अभियानका संयोजक राजिव हलवाईले जानकारी दिए ।

यस संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेकोप्रति विद्यालयका प्रध्यानाध्यापक र वडाका अध्यक्षले धन्यवाद दिदै प्रशंसा समेत गरे । स्वीटर वितरण अभियानमा संस्थाका सचिव खगेन्द्र कुवँर, उद्योग वाणिज्य सघं सुनसरीका पूर्वअध्यक्ष अशोक ताम्राकार, ब्लाष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक किशोर कुमार कार्की, समाजसेवी शोभितमान कटुवाल, कोशी बस व्यवसाय सघंका सचिव राजमणि निरौला, हिमाली विद्यालयका भुपु विद्यार्थिहरु तिर्थ कार्की, ओम कटुवाल, सोभित कटुवाल, ज्ञानबहादुर कटुवाल, थानेश्वर निरौला, डिल्ली भण्डारीको सहकार्यमा विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो ।