पथरी : मोरङ्गको केराबारी २ स्थित रहेको एनसेल टावरमा आज साँझ बम बिष्फोट भएको छ । एनसेल टावरमा अज्ञात समुहले बम विष्फोट गरेको हो ।

बम विष्फोट पछि ठुलो आवाज आएको स्थानियले बताएका छन् । घटनास्थल तर्फ केराबारी प्रहरी टोली जादै गरेको जानकारी प्राप्त भएको छ । दुईदिन अघि मात्रै केराबारी गाँउपालिकाको कार्यालयमा आगजनी तथा बम विष्फोट भएको थियो ।

घटना कसले गर्यो ?  कति क्षति भयो भन्ने यकिन भएको छैन । क्षति तथा घटनाको बारेमा थप विवरण आउन भने बाँकी छ । फाइल फोटो