काठमाडौं : हेलिकोप्टर दुर्घटनामा परेर अमेरिकी बास्केटबलका ’महान’ खेलाडी कोबे ब्रायन्टको निधन भएको छ । हेलिकोप्टर दुर्घटनामा ब्रायन्टसँगै उनकी छोरी गियानासहित नौ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

लगातार पाँच पटक एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल इतिहासकै सबैभन्दा महान खेलाडीको रुपमा मानिन्थ्यो । सन् २०१६ मा सन्यास लिएका ब्रायन्टले आफ्नो २० वर्षे करियरमा लस एन्जेल्स लाकेर्सको तर्फबाट खेल्दै आएका थिए । सन् २००८ मा सबैभन्दा महान खेलाडी र दुई पटक एनबीए फाइनलमा एमवीपीको पद हासिल गरेका ब्रायन्ट दुई पटक ओलम्पिक च्याम्पियन पनि बनेका थिए ।

ब्रायन्टले सन् २००६ मा टोरन्टो र्‍याप्टर्स्विरुद्ध ८१ प्वाइन्ट प्राप्त गरेका थिए । एनबीए इतिहासमै यो कुनै खेलाडीले प्राप्त गरेको दोस्रो सबैभन्दा धेरै स्कोर हो ।