इटहरी: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको सचिवालय बिस्तार भएको छ । सोमबारको प्रदेश मन्त्रीपरिषद बैठकले राईको सचिवालयमा ३ जना थप गर्ने निर्णय गरेको हो ।

राईको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा पुर्व सहसचिव महेन्द्र गुरुङ र सूचना प्रविधी बिज्ञमा किसोर सुवेदी नियुक्त भएका हुन् । त्यसैगरी प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गते दिनको ३ बजे बोलाउने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २०७६/०७७ को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको निर्णय सार्वजनिक गरेका हुन् । सरकारले प्रदेश १ को लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।