पथरी: भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै मोरङको पथरीमा नयाँ होटल सञ्चालनमा आउने भएको छ ।

सुबिधा सम्पन्न होटल माघ १६ बाट संन्चालनमा ल्याउन लागेको सोमबार पथरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। पथरी बाणिज्य संघका महासचिव समेत रहेका अशोक साम्पाङ राईले होटल साल्पा सञ्चालनमा ल्याउन लागेका हुन् । होटलमा खान र बस्ने व्यवस्थासँगै सेमिनार हलसमेत रहेको छ । होटलको लागी २ करोड ५० लाख लगानी लागिसकेको संन्चालक राईले जानकारी दिए ।

pathari-hotel

आन्तरिक तथा बाह्य पर्यटकलार्इ लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको होटलमा स्वदेशी तथा बिदेशी परिकार ग्राहकले प्राप्त गर्ने छ्न् । किरातीहरुको जातिय खाना वाचिपा समेत उपलब्ध गराउने संन्चालक राईले पत्रकार सम्मेलनमा जानकारी दिए । होटलमा एसिसहितका कोठा उपलब्ध हुनेछ भने सेमिनार र मिटिङका लागी हल समेत निर्माण गरेको राईले बताए ।

होटलमा सांगितिक कार्यक्रम गर्न बेग्लै स्टेज निर्माण गरेको पनि सञ्चालन राईको भनाई छ । पथरी बजार क्षेत्रमा भिआइपी र भिभिआइपी को लागी उपयुक्त होटल नभएको समयमा साल्पा होटलले सो सुबिधा दिने छ । होटलले पथरीमै पहिलो पटक जोखेर मासु किन्न र पोलेर खाने ब्याबस्था गरेको छ भने होटलमा बार समेत संन्चालनमा ल्याइने राइले जानकारी दिए ।