धरान : धरान १२ स्थित रहेको धरान मेघा कलेज तथा हिमालयन सेकेण्डरी स्कुलको १५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शनिबार कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेसका सभामुख प्रदिप भण्डारीले निजि विद्यालयहरुले विदेश पढ्न जाने विद्यार्थीहरुलाई न्यूनीकरण गर्नुका साथै मुद्रा विदेशिनबाट रोकी गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान पुर्याएको बताए। स्वस्थ प्रतिष्पर्धा गरि व्यबसायिक भन्दा पनि सेवामुलक भावनाले अगाडी बढ्न सकेको खण्डमा समाज रुपान्तरण गर्न सकिने सभामुख भण्डारीले बताए । मेघा हिमालयनका अध्यक्ष कैलास आंदेम्बेले मन्टेश्वरीदेखी स्नातकसम्म एउटा छानोमुनि भएको सम्भवतः धरानमै पहिलो भएको बताउँदै आगामी दिनमा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ व्यवस्थापनका साथ लागि परिरहेको बताए । विद्यालयका बार्षिक गतिबिधि प्रस्तुत गर्नुका साथै बिद्यार्थीहरु भित्र लुकेर रहेको अन्तर निहित प्रतिभालाई प्रष्फुटन गराउन अभिभावक दिवस तथा बार्षिकोत्सब कार्यक्रम आयोजना गरिएको मेघा हिमालयनका शिक्षक निर्देशक अर्जुन घिमिरेले जानकारी दिए । कार्यक्रममा माघ पहिलो साता सम्पन्न भएको बार्षिक खेलकुद सप्ताहमा विभिन्न विधामा विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । विद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरेर अभिभावकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । विद्यार्थीहरुले बिज्ञान सम्बन्धि विभिन्न प्रदर्शनी समेत गरेका थिए । कार्यक्रममा एन प्याब्सन १ नम्बर प्रदेसका अध्यक्ष जय बहादुर श्रेष्ठ, केन्द्रीय प्रबिधि क्याम्पस हातीसारका पूर्व क्याम्पस प्रमुख डा.धन बहादुर कार्की लगायतले मन्तब्य राखे ।

received_2498130667067825

कार्यक्रममा केन्द्रीय प्रबिधि क्याम्पस हातिसारका निमित्त क्याम्पस प्रमुख डा.दिल कुमार लिम्बु, प्याब्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष अनुप योन्जन, एम्स एकेडेमी संचालक समितिका अध्यक्ष एबम समाजसेवी प्रकास राई, धरान वडा नम्बर १२ का वडा अध्यक्ष टंक राई, सुनाखरी एकेडेमीका प्रीन्सिपल मिलन राई, इष्टुका केन्द्रिय सदस्य विजय आछामी लगायतको उपस्थिति रहेको थियो । मेघा हिमालयन संचालक समितिका सदस्य पुजा अग्रवालले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन मेघाकी छात्रा आरति बस्नेतले गरेकी थिइन ।