काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वा्चित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ । वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार सोमबार दिनभर बहस भए पनि नसकिएकाले आज सुनुवाइ हुनेछ ।

सभामुखको हैसियतमा सापकोटालाई काम नगर्नरनगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन् । नवनिर्वा्चित सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ ।