उदयपुर : बेलका नगरपालिकाको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ३ ले ३ लाख रुपैयाँ जित्दै तेस्रो मेयरकप सम्पन्न भएको छ । मेयरकप यही माघ ७ गतेबाट सुरु भएको थियो ।

बेलका नगरपालिकाले लगातार ३ पटक कप जिते बापत रु तीन लाख हात पारेको हो । बेलका नगरपालिकाको मेयर दुर्गा कुमार थापाले ३ पटक मेयर कप जित्ने नगरका टिमले रु ३ लाख प्राप्त गर्ने ३ बर्ष अघि घोषणाा गरेका थिए । आजको खेलमा बेलका नगरपालिकाका वडा नम्बर ३ ले वडा नम्बर ४ लाई शुन्यको विरुद्ध ३ गोल गर्दै जित हासिल गरेको हो ।  तेस्रो मेयर कपमा प्रथम र द्वितिय हुने वडा स्तरिय फुटबल क्लवले क्रमशः नगद ३५ हजार, २५ हजार रुपैयाँ साथै शिल, मेडल र प्रमाण पत्र जितेको छ ।

बेलका नगरपालिकाको सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र सुनाखरी क्लबको सहआयोजनामा सञ्चालन भएको मेयर कप माघ १३ गते सम्पन्न भएको हो ।  तेस्रो मेयर कप फुटबल प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।