इटहरी : इटहरी उपमहानगरपालिकाको दैनिक ३५ टन फोहोर दैनिक जङ्गलमै लगेर फालिन्थ्यो । घर देखी अस्पतालबाट निस्किएको फोहोर समेत जङ्गल मै लगेर फाल्ने फोहोर यतिबेला भने उपमहानगरकै परिसरमा छ ।

वन कार्यालयले इटहरी उपमहानगरपालिका क्षेत्रको फोहोर जंगलमा फाल्न प्रतिबन्ध लगाएपछि यतिबेला कार्यलय भित्रै फोहोर बोकेका ट्याक्टरहरु छन् । नगरक्षेत्रको घर देखी अस्पताल र सेफ्टीटंकीको फोहोरसमेत जंगलमा फाल्ने गरेको थियो ।

लामो समयदेखी जङ्गलमा जथाभावी फाल्दा वातावरणमा अत्यधिक असर परेपनि यतिबेला भने वन कार्यालयले इटहरीको फोहोर फाल्न रोक लगाएको हो । इटहरी उपमहानगरपालिका भित्र संकलित फोहोर इन्भाईरो केयर कन्सर्न प्राभईभेट कम्पनीले इटहरी र धरानको सिमाना चारकोशे भाडीमा लगी फाल्ने गरेको छ ।

केहि समय अगाडीमात्र फालिएको फोहोरले स्वास्थ्यमा असर गरेको भन्दै स्थानियले आन्दोलित समेत भएका थिए । पटक पटक सन्चार माध्यममा आउँदा समेत प्रतिबन्ध गराउन नसकेको जिल्ला वन कार्यालयले यो पटक भने कडाईका साथ प्रस्तुत भएको छ । फोहोर फाल्न यसअघि प्रतिबन्ध लगाएपनि सम्बन्धित निकायबाट पुन: आखा चिम्लिने काम हुदै आएको छ ।

ठेकेदार ढिलो,उपमहानगर मौन , दुई बर्ष अगाडि बन्नुपर्ने प्रसोधन केन्द्र अझै बनेन

वेस्ट इन्भारो म्यानेजमेन्ट भन्ने कम्पनी संग फोहोर व्यवस्थापन सम्झौता गरेको उपमहानगरले गरेको थियो । सम्झौता अनुसार २०७५ पुस १५ सम्ममा फोहोर प्रशोधन गरी वायोग्याँस उत्पादन गर्नु पर्ने थियो । परियोजना सम्पन्न गर्न इटहरी उपमहानगरपालिका, वेष्ट इन्भारो म्यानेजमेन्ट प्रा.लि. र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र बीच सहमति भएको थियो ।

२० बर्षका लागि मेयरले नै २०७५ बैशाख १४ गते सम्झौता गरेपनि अझै सम्म प्रसोधन केन्द्र बन्न सकेको छैन । उपमहानगरपालिकाले काम सम्पन्न गराउने भन्दापनि पटक पटक म्याद थप्ने गरेका अहिलेसम्म पनि इटहरीको फोहोर व्यवस्थापन चुनौतीपुर्ण रहदै आएको छ ।

काम सम्पन्न गराउनुको सट्टा इन्भारोलाई उपमहानगरले मासिक ३ लाख रुपैया फोहोर व्यवस्थापनको नाममा जङ्गलमा फोहोर फाले बापत दिदै आएको छ । उपमहानगर बाट मात्र हैन प्रत्येक घरबाट समेत जङ्गलमा फोहोर फाले बापतको पैसा इन्भारोले लिदै आएको छ ।

यता सम्झौतामा भने इटहरीबाट उत्सर्जन भएको फोहोर संकलन गरी वायोग्याँस, प्राङ्गारिक मल उत्पादन गर्ने, बाँकी फोहोरलाई ल्याण्ड फिल्ड साइडमा व्यवस्थापन गर्ने सर्तहरु छन् ।