इटहरी: नेपाल बिद्यार्थी संघको केन्द्रीय सभापतिमा राजिव ढुङ्गाना चयन भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यलयले विज्ञप्ती जारी गर्दै ढुङ्गाना नेविसंघ सभापतिमा चयन भएको जानकारी गराएको हो । अहिलेलाई सभापतिमा ढुङ्गानासहित मनोज बैध र महेश्वरी कुवर दुईजनालाई महामन्त्रीमा चयन गरिएको छ । नेपाली कांग्रेसको २०७५ फाल्गुन १ गतेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नेपाली कांग्रेसको संसोधीत बिधानको धारा ४२ को (१) (च) बमोजीम पार्टी सभापती शेरबहादुर देउवाले निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाल गठन भएको तदर्थ समितिले ६ महिना भित्र नेबिसंघको १२ औ केन्द्रीय महाधिवेशन सम्पन्न गराउनुपर्ने भएको छ । केही दिनमै १२७ जनाको केन्द्रीय तदर्थ समिति गठन गर्ने र सो समितिमा सदस्य आगामी महाधिवेशनमा उमेद्वार हुन नपाउने गरी निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएकोछ । साथै, यसअघिको समिति बिघटन भएको मिति २०७५ माघ २९ गते ३२ बर्ष नकटेको व्यक्तीले मात्र उमेद्धवार हुन पाउने गरी निर्णय भएकोछ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ का महासमिति सदस्य समेत रहेका ढुङ्गाना देउवा निकट मानीन्छन् । नेबिसंघको इकाई समिती देखी राजनिती सुरु गरेका उनी सादगी नेताको रुपमा चिनिन्छन् ।