सुनसरी: सुनसरीको बराहक्षेत्रस्थित भित्रि सडक खण्डको रानी खोला पुलमा ट्याक्टर दुर्घटना हुदा २१ जना घाईते भएका छन् ।

आज बिहान साढे ८ बजे धरानबाट बराहक्षेत्र पुजा गर्न जादै गरेको को २ त ८४८६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर भित्रि सडक खण्डको रानीखोला पुलबाट अन्दाजी २५ मिटर तल खसेको थियो । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा रहेका २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाईते सबैको घोपा धरानमा उपचार भईरहेको छ भने ट्याक्टर चालक धरान ५ का राजमार राई ईलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।