बिराटनगर: मोरङको र झापाको सिमा नाकाबाट साढे ७ लाख भन्दा बढी अबैध समान बरामद भएको छ ।

बुधवार बेलुका साँढे ५ बजेको समयमा बिराटनगर महानगरपालिका १५ बाट भारतबाट अबैधरुपमा भन्सार छली गरी ल्याएको करिव ५ लाख बराबरको घडीहरु बरामद भएको हो । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त मुल्य बराबरको अबैध सामनहरु बरामद गरेको हो ।

यसैगरी झापाको बाह्रदशी गाउँपालिका(२ का तिककचन राजवंशीको गोठमा अबैध रुपमा लुकाई छिपाई राखिएको करिव २ लाख ५० हजार रुपैयाँ बराबरको सुर्ती बरामद भएको छ । बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उक्त मुल्य बराबरको सुर्ती बरामद गरेको हो ।