धरान: सरस्वती पुजाको अवसर पारेर मोरङको सुनबर्षी नगरपालिकास्थित मंगलसिंह माविमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।

आज बिहिबार सरस्वतीय पुजाको अवसरमा नगरपालिकाकी उपमेयर मञ्जु राईले विद्यालय प्रांगणमा मन्दिरको शिलान्यास गरेकी हुन् । यो मन्दिर धरान १५ निवासी महेश्वर राई र उनकी श्रीमति सुनिता राई तथा परिवारजनले निर्माण गरिदिन लागेका हुन् । मन्दिर निर्माण कर्ता महेश्वर राईका हजुरबुबा हर्कध्वज राई सो विद्यालयका संस्थापक अध्यक्ष हुन् भने उनले नै विद्यालयको नामकरण गरेका थिए । त्यसैले उनको योगदानलाई कदर गर्दै तथा बुबा धौलाविर राईको स्मृतिमा मन्दिर निर्माण गरिदिन लागेको महेश्वर राईले जानकारी दिए । उनी उक्त विद्यालयका पुर्वविद्यार्थी हुन् ।

saswati1

आगामी बर्षको सरस्वती पुजा सोही मन्दिरमा हुने गरी निर्माण सम्पन्न गर्ने राईले जानकारी दिए । मन्दिरको लागत ३ लाख ५० हजार भन्दा बढी रहने अनुमान गरिएको छ । मन्दिरको नक्सा डिजाइन पनि भइसकेको उनले बताए । शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर भटराईले मन्दिरको शिलान्यास भएकोमा खुशी व्यक्त गर्दै छिटो सम्पन्न हुने अपेक्षा पनि व्यक्त गरे । उनले आगामी बर्ष मन्दिरमा नै पुजा गर्नेमा विश्वास व्यक्त गर्दै पुर्वविद्यार्थी तथा समाजसेवी राईको कार्यको प्रसंसा गर्दै मन्दिरको संरक्षणको जिम्मेवारी पनि व्यवस्थापन समितिले लिने बताए ।

saswati2