धरान: धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलकुद क्षेत्रका दुई प्रशिक्षकलाई विहीबार सम्मान गरेको छ ।

सुनाखरीले आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर बिहिबार बक्सिङ प्रशिक्षक किशोर सम्बाहाङफे र कराँते प्रशिक्षक किरण लामालाई सम्मान गरेको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जिताउने उनीहरुलाई सम्मान पत्रले धरान उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टंक राई, विद्यालयका प्रधानाध्यापक मिलन राईलगायतले सम्मान गरेका थिए । यसैगरी, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर विभिन्न विद्यामा स्वर्ण, रजत र कास्य पदक विजेता २० जना खेलाडीहरुलाई पनि सम्मानित गरेको छ ।

sunakhari

सुनसरीको रामधुनीमा सम्पन्न प्रथम सुनसरी सिटी लेवल कराँते च्याम्पियनसिपमा सुनाखरी दोस्रो बनेको थियो । कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्न बहादुर कट्वाल रहेका थिए । बसन्त पञ्चमी अर्थात सरस्वती पुजा समेत मनाउदै सुनाखरीले आफ्नो बार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो । विद्यालय परिषरमा आयोजना गरिएको बार्षिकोत्सवमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

यस्तै, विद्यार्थीहरुले बालहिंसा सम्बन्धी नाटक समेत मञ्चन गरेका थिए । विद्यालयका प्रधानाध्यापक राईले विद्यार्थीहरुको लागि गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गदै आएको बताए । २०४५ सालमा स्थापना भएको सुनाखरीमा माध्यमिक तहसम्म पढाइ हुदै आएको र ४ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।