धरान: धरान १६ मा रहेको प्रकृति बालविकास केन्द्रलाई सिटि मन्टेश्वरी चिल्ड्रेन हाउसले स्टेशनरी सामानहरु प्रदान गरेको छ ।

धरान १६ मै रहेको मन्टेश्वरी हाउसले बिहीबार गरिएको सरस्वती पूजामा उठेको रकमलाई सेवा मूलक कार्यमा लगाउने उद्देश्यले सामानहरु खरीद गरी हस्तान्तरण गरिएको मन्टेश्वरी हाउसकी प्रिन्सिपल ओमुकुमारी राईले बताइन् । सरस्वती पूजाको विशेष अवसर पारेर कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा मन्टेश्वरीका बालबालिकाहरुले आफ्ना प्रतिभाहरुलाई प्रदर्शन गरेका थिए । कार्यक्रम मन्टेश्वरी हाउसको सभाहलमा भएको थियो । कार्यक्रमको अध्यक्षता ईश्वर ताम्राकारले गरेका थिए भने सन्चालन मोहन पोख्रेलले गरेका थिए ।

3 1