धरान(डेस्क): प्रहरीले झापाको २ छुट्टाछुट्टै स्थानबाट ब्राउसुगरसहित ४ जना पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ बिर्तामोड नगरपालिका ६ का २६ बर्षीय प्रदिप थापा मगरलाई ५ ग्राम लागुऔषध ब्राउनसुगरसहित बुट्टाबारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोडको कृष्ण हल छेऊबाट झापा हल्दिवारी ४ का २१ बर्षीय सौगात मगर र २१ बर्षकै बिबेक राई तथा हल्दिवारी ३ का २४ बर्षीय सन्तोष चुडाललाई ३ ग्राम ब्राउसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यसैगरि, यता सुनसरीको बराहक्षेत्र नगरपालिका १ का २५ बर्षीय समिर राईलाई पनि प्रहरीले गाँजासहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले राईलाई चतराबाट डेढ किलो तयारी गाँजा सहित पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।