धरान: धरान १६ स्थित जेनिथ् सेकेण्डरी बोर्डिङ्ग स्कुलमा सात दिने किरात शिरीजगाा लिपि लेखन प्रशिक्षण शुरु भएको छ ।

स्कुलमा सरस्वति पुजाको दिनको अवसर पारेर लिपि प्रशिक्षण प्रारम्भ भएको हो । लिम्बु भाषा लिपि प्रशिक्षण केन्द्र र जेनिथ् सेकेण्डरी बोर्डिङ्ग स्कूलको संयुत आयोजनामा प्रशिक्षण शुरु भएको हो । धरान उपमहानगरपालिका वडा नं १६, कार्यालयको विशेष सहयोगमा भएको प्रशिक्षणमा लिम्बु र गैरलिम्बु गरेर २२ जना विद्यार्थी तथा शिक्षकले सहभागिता जनाएका छन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल सुमन जवेगुको अध्यक्षता प्रशिक्षणको शुरुवात भएको थियो । केन्द्रका अध्यक्ष तथा प्रशिक्षक वर्णिमहाङ्ग फोम्बोले प्रशिक्षण दिइरहेको स्कुलका भाइस प्रिन्सिपल पुजा ताम्रकारले जानकारी दिइन् ।