धरान: सुनसरी टेक्निकल कलेज धरानले खाद्य प्रविधिका विद्यार्थीहरुलाई तीन दिने तालिम आयोजना गरेको छ ।

तालिममा कलेजका ६० जना विद्यार्थीहरु सहभागी छन् । तालिमको उद्घाटन कलेजका सञ्चालक एवं प्रबन्धक निर्देशक लेखीराज सुब्बाको प्रमुख आतिथ्यमा भएको थियो । उद्घाटन कार्यक्रममा खाद्य विभागीय प्रमुख कुञ्जल श्रेष्ठ, विशेष अतिथि भुपु विभागीय प्रमुख सोभित यादवको पनि उपस्थिति रहेको थियो । खाद्य प्रविधि तालिम ग्लोबथ नेपाल काठमाण्डौका प्रक्षिक्षक गिरिस पोखरेलको नेतृत्वमा तीन जनाको टोली रहेको भूपू खाद्य प्रविधि विभागीय प्रमुख यादवले जानकारी दिएका छन् ।

खाद्य प्रविधि तालिम(फुटसिटि मैनेजमेंट) तिन दिने आईआसओ तालिम लिएपछि विद्यार्थीलाई रोजगारको लागि अन्य फ्याक्ट्रि, बिदेश अन्तराष्ट्रिय जगतसम्म मान्यता योग्य सर्टिफिकेट दिइने कलेजका प्रबन्ध निर्देशक सुब्बाले जानकारी दिए । यसले विद्यार्थीहरुको भविष्य सुनिश्चित गराउने भएकोले धेरै लाभ पुग्ने उनले बताए ।

यो तालिम स्वास्थ्यसँगै व्यवसायिक, व्यवहारिक हिसाबले महत्वपुर्ण रहेको ग्लोबथ नेपालका अध्यक्ष पोखरेलले बताए । यसले विद्यार्थीहरुलाई धेरै फाइदा पुग्ने उनको भनाई छ । तालिममा नेपाल पर्यटन बर्ष २०२० सफल पार्न पर्यटनलाई कसरी गुणस्तरीय खाना खुवाउने, मापदण्डका कुरा र खानाका प्रकारलाई कसरी आकार दिने, किटाणु कसरी छुट्याउनेलगायत सिकाइनेछ ।