धरान: धरान भानुचौकको साधना भवनको तेश्रो तल्लामा रहेको अल्फा बिटा धरान सेन्टरको आयोजनामा भइरहेको अल्फा बिटा क्वीज मेनिया २०२० को सेमीफाइनल चरण सम्पन्न भएको छ ।

आज अल्फा बिटा धरान सेन्टरमा भएको सेमीफाइनलको पहिलो ५ वटा समूहबाट धरान उच्च, सरस्वति मावि र विजयपुर कलेज फाइनलमा प्रवेश गरेका छन् भने दोस्रो ६ वटा समूहबाट धरान आदर्श, विष्णु मेमोरीयल र युरेका स्कुल फाइनलको लागि छनौट भएका छन् ।

फाइनल प्रवेशको लागि भएको पहिलो समूहको सेमीफाइनलमा पब्लिक स्कुल, विजयपुर कलेज, धरान उच्च, सरस्वति मावि र डिपो स्कुलबीच प्रतिष्पर्धा भएको थियो । जम्मा १ सय पुर्णाङ्कको खेलमा धरान उच्चले ६० अंक ल्याएर पहिलो बन्दै फाइनल प्रवेश गरेको हो । यसैगरी सरस्वति माविले ५५ अंक र विजयपुरले ३० अंक ल्याएर फाइनल प्रवेश गरेको हो ।

यसैगरी दोस्रो समूहमा ज्ञानोदय स्कुल, धरान आदर्श, नाष्ट कलेज, निकेतन स्कुल, युरेका स्कुल र विष्णु मेमोरीयल स्कुलबीच प्रतिष्पर्धा भएको थियो । जम्मा १ सय पुर्णाङ्कको खेलमा धरान आदर्शले ७५ अंक ल्याएर पहिलो बन्दै फाइनल प्रवेश गरेको हो । यसैगरी विष्णुले ६० अंक र युरेकाले ५५ अंक ल्याएर फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले नगद १५ हजार रूपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । साथमा प्रतियोगितामा सहभागि हुनेहरूले अल्फा बिटाको विभिन्न सेवाहरू निःशुल्क प्राप्त गर्ने अल्फा बिटा धरान सेन्टरका इन्चार्ज अरुन अधिकारीले जानकारी दिएका छन् । विशेष गरी विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरीएको उक्त क्वीज प्रतियोगिताको फाइनल खेल माघ २५ गते शनिबार हुनेछ ।

विद्यार्थीहरूको उज्वल भविष्यको लागि सहि परामर्ष र सहि विषयको चयन गर्न सहयोग गर्दै गुण्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अल्फा बिटा सुरू भएको अल्फा बिटा धरान सेन्टरका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए ।