धरान : कौशिकी क्याम्पस तथा धरान मोडेल कलेज धरानका विद्याथीहरुले समुदायको सरसफाई तथा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

वी.एड. चौथो वर्षका विद्यार्थीहरुको सामुदायिक स्वास्थ्य सर्वेक्षण विषयका प्रयोगात्मक परीक्षा अन्तर्गगत उक्त कार्यक्रम सम्पन्न गरेको हो । धरान ११ को सेवालुङ्ग चौकमा स्थानीय समुदायलाई समेत सहभागी गराएर अव्यवस्थित ठोस फोहर मैला सरसफाई गरेको थियो । सरसफाई पश्चात धरान ११ को अनन्त शिक्षाज्योति आधारभुत विद्यालयका विद्यार्थी तथाहरुलाई फोहर मैला व्यवस्थापन सम्बन्धी सचेतना प्रदान गरेको थियो । सचेतना कार्यक्रम सँगै विभिन्न रमाईलो खेलकुद कार्यक्रम पनि सम्पन्न गरेका थिए ।

2

५० पुर्णाङ्कको प्रयोगात्मक परीक्षा भएको र विद्यालयमा सर्वेक्षणको प्रतिवेदन बुझाए पछि वाह्य परिक्षक भाईबा समेत हुने विद्यार्थी समुहकी टोली नेता दिप्ती शिवाहाङ्ग राईले बताए । यसरी प्रयोगात्मक ढंगले काम गर्दै पढ्न पाउँदा आफुहरुले रमाईलो सँगै धेरैकुरा सिकेको कुरा विद्यार्थीहरुले व्यक्त गरेका छन् । कलेजले किताबको पढाई सँगसँगै प्रयोगात्मक कार्यलाई जोड दिने गरेको कौशिकी क्याम्पसका प्रमूख मोहन श्रेष्ठले बताए ।

विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा अन्तरगत उक्त कार्यक्रम सम्पन्न गरिएको र यस किसिमको प्रयोगात्मक कार्यले विद्यार्थीहरु आत्मविश्वास बढ्ने र पढाईप्रति अभिरुचि समेत बढेको सम्बन्धित विषयकी शिक्षिका अर्चना ढकालले बताए । कक्षका विद्यार्थीहरुलाई दश दश जनाको तीन समुहमा विभाजन गरी धरानको वार्ड नं. १५, १६ र ११ आधारभुत वस्ती तथा समुदायमा यस किसिमको सर्वेक्षण कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रम सम्पन्न गर्न विद्यार्थीहरुलाई सम्बन्धी वडा कार्यालय र स्थानीय समुदायले राम्रो सहयोग गरेको थियोे ।