धरान : धरान १४ बिजयपुर स्थित श्री पञ्चायत दन्तकाली माविमा कक्षा दशमा अध्यनरत जेहेनदार अनुशासित छात्रावृति हेमा ढुङ्गेलले पाएकी छन् ।

विद्यालयका प्राध्यानाध्यापक सिताराम कोइरालाले स्वर्गीय माता सर्वता कोइरालाको वार्षिक पुण्यतिथिमा छात्रावृति राशि रू पाचँसय प्रदान गरेको हो । सरस्वती पुजाकै दिन ममतामयि माता को स्वर्गलोक भएकाले आफु विद्यालय रहुन्जेलसम्म यो सर्वता छात्रावृति विद्यालय अधययनरत अनुशासित ईमानदारी लगनशिलता मेहनतको मूल्यांकन गरेर २०७२ सालदेखि प्रत्येक एक विद्यालयका छात्र वा छात्रालाई वितरण गर्दै आएको कोइरालाले जानकारी दिए ।