काठमाडौं : भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२० /२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख गरेको छ, जुन गत आवको भन्दा ३३ दशमलव ३३ प्रतिशतले कम हो ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव २०२०र२१ को बजेट प्रस्तुत गर्दै नेपाललाई यतिका रकम अनुदान दिने घोषणा गरेकी हुन् । भारतले आव २०१९र२० मा नेपाललाई रू. १९ अर्ब २० करोड (१२ अर्ब भारू) अनुदान दिएको थियो । त्यस्तै, भारतले २०१८ र १९ मा रू. १२ अर्ब २१ करोड (७ अर्ब ६३ करोड भारू) अनुदान दिएको थियो ।

भारतले यसरी नेपाललाई दिने यो अनुदान उसले दिने अन्य अनुदान रकमभन्दा छुट्टै हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ खर्ब भारू अनुदानलगायत अनुदान यसमा समावेश हुँदैन ।

आर्थिक मन्दी खेपिरहेको भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदानमा यो वर्ष झीनो कमी गरेको देखिएको छ । भारतले यो वर्ष त्यस्ता मुलुकलाई ६९ अर्ब ६ करोड भारू अनुदान दिएको छ । गत आवमा भारतले उक्त मुलुकहरूलाई ६९ अर्ब ६२ अर्ब भारू अनुदान दिएको थियो । -आर्थिक अभियान