काठमाडौं : दक्षिणी लण्डनमा छुरा प्रहार गर्ने एक जनालाई प्रहरीले गोली हानी हत्या गरेको छ । विस्फोटक पदार्थ बोकेका ती शंकास्पद व्यक्तिले तीन जनालाई घाइते बनाएपछि नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । थेम्स नदी किनारमा भएको आक्रमणपछि घाइेतहरुलाई अस्पताल भर्ना गरिएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । मारिने व्यक्तिको शरीरमा विशेष उपकरण भेटिएकाले आतंकवादी गतिविधिमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बीबीसीले उल्लेख गरेको छ ।