झापाः गौरीगञ्ज गाउँपालिका वार्ड नं. ४ ले वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्कमा ट्राकसुट, ब्याग र स्विटर वितरण गरेको छ ।

वडामा रहेका राष्ट्रिय प्रावि कदमगाछी र श्री गौरीया प्रावि बाह्रसुदीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । राष्ट्रिय प्राविका १ कक्षादेखि ५ सम्मका १ सय ३८ जना र वालविकासका २७ जना विद्यार्थीलाई वितरण गरिएको हो । यस्तै, श्री गौरीया प्रावि बार्हसुदीका कक्षा १ देखि ४ सम्मका ७७ जना र वालविकासका १७ जना विद्यार्थीलाई ट्राकसुट, स्विटर र ब्याग वितरण गरिएको हो ।

गौरीगंज गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष कुलप्रसाद गिरी, नेकपा शिक्षा विभागका झापा प्रमुख सिताराम अधिकारी, प्रअ महाप्रसाद ताजपुरिया, प्रअ सुरेन राजवंशी, सचिव एजिना भट्टराई, वार्ड सदस्य बङ्गो गिरी, फुलोदेवी ताजपुरिया, रामबहादुर राजवंशीलगायतको उपस्थिति थियो ।