धरान: नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्य घटाएको छ । तर, खाना पकाउने ग्याँसको मुल्य भने वृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटरमा एक रुपैयाँ घटाएको हो । खाना पकाउने ग्याँसको मुल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।